युवा कामदारहरू: कर्मचारीको अधिकारहरू

तपाईंको सुरक्षित हुने अधिकार छ र सुरक्षित कार्यस्थलको वातावरण सिर्जना गर्नु तपाईको रोजगारदाताको जिम्मेवारी हो

Shape

कर्मचारीको अधिकारहरू

भिक्टोरियाको स्वास्थ्य र सुरक्षा कानून अन्तर्गत, तपाईंले व्यावहारिक रूपम सकभर आफ्नो कर्मचारीहरूको लागि स्वास्थ्य सुरक्षित हुने र जोखिममुक्त काम गर्ने वातावरण प्रदान र कायम गर्नुपर्दछ।

यस कर्तव्यको एक भागको रूपमा तपाईंलाई आफ्नो काम सुरक्षितरूपमा गर्न सक्षम बनाउन रोजगारदाताहरूले आवश्यक जानकारी, निर्देशन र प्रशिक्षण तथा सुपरीवेक्षण प्रदान गर्नुपर्दछ। एक रोजगारदाताको फरक फरक व्यवसायमा विभिन्न भूमिका हुन सक्छ। उदाहरणको लागि, एक टोली नेता, एक प्रबन्धक, व्यापार मालिक, मुख्य कार्यकारी अधिकारी (CEO) वा मानव संसाधन (HR) - यो तपाईंको भूमिकाको व्यवस्थापनमा संलग्न जोकोही पनि हुन्छ।

असुरक्षित कार्यस्थलहरु कसरी पहिचान गर्ने

असुरक्षित कार्य अवस्थाहरू तपाईंलाई मानसिक र शारीरिक दुवै तवरले खतरामा पार्न सक्ने व्यवहार र जोखिमहरू हुन्।

यसमा निम्न कुराहरू समावेश हुन सक्छः

  • जब तपाई काम शुरू गर्नुहुन्छ कार्य प्रवेश-प्रशिक्षण दिईदैन
  • काम कसरी गर्ने भनेर देखाइँदैन वा राम्रोसँग सुपरीवेक्षण भएको हुँदैन
  • कामको लागि उपयुक्त व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) दिइँदैन
  • जब तपाईं उचाइमा काम गर्दै हुनुहुन्छ तपाईलाई खस्नबाट जोगाउने उपयुक्त प्रणाली हुँदैन
  • शारीरिक जोखिमहरू जस्तै चिप्लो भुइँहरू, झर्ने वस्तुहरू, असुरक्षित मेसिनरी, गह्रौँ भारी उठाउने वा बारम्बार एकै चालमा गरिने कार्यहरू।
  • धम्काउने (बुलिंग), यौन उत्पीडन, ग्राहक वा सहकर्मीमाथि हिंसा र आक्रमणको जोखिम

यदि तपाईं आफैं असुरक्षित अवस्थामा काम गरिरहनु भएको छ भने, तपाईंले बोल्नु र रिपोर्ट गर्नु महत्त्वपूर्ण हुन्छ।

असुरक्षित काम कामसँग सम्बन्धित चोटहरूको रिपोर्ट गर्ने

सर्वप्रथम, तपाईंले असुरक्षित काम र कामसँग सम्बन्धित चोटहरूको रिपोर्ट गर्नु पर्छ र तपाईंको म्यानेजर, सुपरभाइजर, स्वास्थ्य र सुरक्षा प्रतिनिधि (HSR) को रोजगारदातासँग यदि कोहीसँग पनि गर्न सक्नु हुन्छ।

यदि तपाईलाई कामको समस्या रिपोर्ट गर्न गाह्रो भइरहेको छ वा तपाईको रोजगारदाता वा HSR सँग समस्या उठाएपछि झन् चिन्तित हुनुहुन्छ भने तपाईलाई मद्दत गर्न सक्ने धेरै संस्थाहरु छन्। कसलाई सम्पर्क गर्ने भन्ने बारे थाहा पाउन तपाई कुन मामिलामा छलफल गर्न चाहनुहुन्छ भन्नेमा निर्भर हुन्छ। फेला पार्न तल क्लिक गर्नुहोस्।

अनुवाद सेवाहरू

तपाई 131 450 मा फोन गरेर एक दोभाषेसँग जोडिन सक्नुहुन्छ जसले तपाईंलाई तल सूचीबद्ध सहायता सेवाहरूमार्फत मद्दत गर्नेछन्।

कार्यसुरक्षा सल्लाहकार सेवा (WorkSafe Advisory Service)

WorkSafe Victoria ले तपाईंलाई कार्यस्थलको स्वास्थ्य र सुरक्षासम्बन्धी सबै विषयहरूमा मद्दत पुर्याउन सक्छ, जस्तै शारीरिक वा मानसिक चोटहरू। हाम्रो परामर्श सेवा बिहान ७:३० बजे - साँझ ६:३० बजेसम्म, सोमबारदेखि शुक्रबार, फोन नम्बर 1800 136 089 मार्फत उपलब्ध छ।

निष्पक्ष कार्य आयोग (Fair Work Commission)

यो आयोग अष्ट्रेलियाको राष्ट्रिय कार्यस्थल सम्बन्धी न्यायलय हो। WorkSafe Victoria को जस्तो नभएर, यो आयोगले तपाईंलाई तपाईंको तलबसँग सम्बन्धित मामिलाहरूमा मद्दत गर्न सक्दछ। उदाहरणका लागि न्यूनतम ज्याला र निवृत्तीभरण (superannuation) सहित। WorkSafe Victoria जस्तै, यो आयोगले तपाईंलाई धम्काउने (बुलिंग) व्यवहारको दावीलाई जिकिर गर्न सहयोग गर्न सक्छ। 13 13 94 मा Fair Work Commission लाई फोन गर्नुहोस्।

युवा श्रमिक केन्द्र (Young Workers Centre) (Victorian Trades Hall Council)

Young Workers Centre ले तपाईंलाई काममा तपाईंको अधिकारको बारेमा बढी जान्न वा कार्यस्थलका समस्याहरूको समाधानका लागि सहयोग प्रदान गर्न मद्दत गर्दछ। Young Workers Centre लाई 1800 714 754 मा फोन गरी सम्पर्क गर्नुहोस्।

सहकर्मी, अभिभावक, शिक्षक र अन्य तेस्रो पक्षहरूले पनि अरू कसैको तर्फबाट रिपोर्ट दिन सक्दछन्।

तेस्रो पक्षले पनि माथिका संगठनहरूलाई रिपोर्ट दिन सक्छन्। तर उनीहरूले पीडित व्यक्तिसँग परामर्श लिनुपर्दछ र उनीहरूले त्यसो गर्नुअघि अर्को चरणहरूका लागि सहमति जनाउनुपर्दछ।

पीडित व्यक्तिले आफ्नो तर्फबाट तेस्रो पक्षले लिइरहेको कार्यवाहीको नियन्त्रण गर्नु र सहमत हुनु महत्त्वपूर्ण हुन्छ। यसमा घटनालाई रिपोर्ट गर्नका लागि गरिएको कुनै पनि कार्यवाहीमा सहमति जनाउनुका साथै प्रक्रियाको निरीक्षण गर्ने र रिपोर्टको प्रतिक्रियाको बारेमा सूचित गरिने लगायतका कार्यहरू पर्छन्।

WorkSafe Victoria र Fair Work Commission दुवैले मामलालाई अघि बढाउनका लागि पीडित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्नु आवश्यक हुन्छ। तेस्रो पक्षले माथि उल्लेखित संगठनहरुलाई यौन उत्पीडनको रिपोर्ट र प्रतिक्रिया दिनको लागि प्रक्रियाबारेमा छलफल गर्नको लागि, कुनै खास घटनाको विवरण प्रदान नगरीकन सम्पर्क गर्नसक्छ।

एक कर्मचारीको रूपमा तपाईंको पनि स्वास्थ्य र सुरक्षा जिम्मेवारी हुन्छ।

एक कर्मचारीको रूपमा तपाईंको कानुनी जिम्मेवारीमा निम्न कुराहरू पर्छन्:

  • कार्यस्थलमा आफ्नो स्वास्थ्य र सुरक्षाको लागि र तपाईंको कार्यबाट प्रभावित हुन सक्ने अन्यहरूको स्वास्थ्य र सुरक्षाको लागि उचित ध्यान दिनुहोस्।
  • तपाईको रोजगारदाताले व्यावसायिक स्वास्थ्य र सुरक्षा ऐन २००४ (Occupational Health and Safety Act 2004) वा व्यावसायिक स्वास्थ्य र सुरक्षा नियमहरू २०१७ (Occupational Health and Safety Regulations 2017) लाई पालना गर्न लिने कुनै पनि कदममा उनीहरुसँग सहकार्य गर्नुहोस्।
  • स्वास्थ्य, सुरक्षा र कल्याणलाई सहायता गर्न कार्यस्थलमा प्रदान गरिने कुनै पनि उपकरण वा औजारहरूको जानाजानी वा लापर्वाहीमा हस्तक्षेप वा दुरुपयोग नगर्नुहोस्।